फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रमा २ दिन स्वाब सङ्कलन कार्य रोकिएको छ । शुक्रबारबाट स्वाब सङ्कलन गराउन टिकट काटेकाहरु स्वाब सङ्कलन गराउन नपाएपछि आक्रोसित बनेका छन् ।

शुक्रबार दिउँसो ३ बजे पछि कोरोना परिक्षणको लागी स्वाब सङ्कलन गराउन टिकट काटेर आज सम्मपनि स्वाब सङ्कलन नभएको सुजिता लामिछानेले जानकारी दिनुभयो । उहाँले महामारीमा स्वाब सङ्कलन कार्य रोक्न नहुने तर्क गर्दै हरेक दिन हुनुपर्ने बताउनुभयो ।

शनिबार स्वाब सङ्कलन नहुने गरेको र आइतबार सरकारी बिदा परेकोले स्वाब सङ्कलन प्रभावित भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । यसैगरी सोमबार गाईजात्राको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तर सोमबारबाट भने हेटौंडा स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट नियमित स्वाब सङ्लन हुने चौलागाईले जानकारी दिनुभयो ।