Home मुख्य समाचार गठबन्धन र संविधानको रक्षा गर्न दल विभाजन अध्यादेश ठिक छः जम्कट्टेल

गठबन्धन र संविधानको रक्षा गर्न दल विभाजन अध्यादेश ठिक छः जम्कट्टेल

मओवादी बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम जम्कटेल


हेटौंडाः दल विभाजन सम्बन्धी जारी भएको अध्यादेश ठिक रहेको माओवादी बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कटेलले बताउनुभएको छ । केपि ओलीलाई सत्ताबाट बाहिर गर्न बनेको बामगठबन्ध जोगाउन र संविधान जोगाउन अध्यादेश आएको ठिक रहेको उहाँले बताउनुभयो ।

अध्यादेश आयो भन्दा पनि यो ल्याउने वातावरण कसले सिर्जना गरे, किन भयो भन्नेतर्फ ध्यान जानुपर्ने उहाँको भनाई छ । नेता जम्कटेलले बुधबार बसेको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै सत्ताबाट बाहिरको साथीहरुमा केही आक्रोश देखिएको बताउनुभयो । उहाँले अहिले भूमिसम्बन्धी समस्या समाधन आयोग खारेजी गरेकोमा सरकारको प्रशंसा गर्नुभयो । उहाँले केपि ओली गुटका ३ सय बढीले मात्र नियुक्ती पाएको र वास्तविक सुकुम्बासी नभनेर आयोग बदनियत गठन भएको भन्दै खारेज भएको हुन पुगेको बताउनुभयो । उहाँले अब फेरि सुकुम्बासी समस्या समाधान आयोग गठन हुने र उनीहरुले जग्गा प्राप्त गर्ने बताउनुभयो । यसैगरी बागमती प्रदेशको बजेट सन्तुलन र विभेदकारी भएको कारण बजेट परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद युवराज दुलालले प्रदेश सरकार सिन्धुपाल्चोकको मेलम्चीमा नदेखिएको बताउनुभयो । प्रदेश सरकारले त्यहाँ आफैले काम गरेर स्थानीयलाई प्रदेश सरकार भएको अनुभूति दिलाउनुपर्ने उहाँले बताउनुभयो ।

सांसद बद्रि मैनालीले दल विभाजन फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ । अध्यादेशमार राखिएको प्रावधानले कसैलाई हित नगर्ने उहाँले बताउनुभयो ।

सांसद शोभा शाक्यले अर्थ तथा विकास समितिको वार्षिय प्रतिवेदन कसरी तयार भयो भन्नेमा शंका व्यक्त गर्नुभयो । समितिको सदस्य र उपसमितिमा पनि आफु रहेकोले एक पटक पनि मिटिङ नै नबसी वार्षिक प्रतिवेदन तयार भएको प्रति घोर आपत्ति प्रकट गर्नुभयो ।

यसैगरी बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले केही प्रदेश ऐन शंसोधन प्रस्ताव सदनमा पेश गर्नुभएको छ । प्रदेश सरकारले निर्माण गरेको ९ वटा ऐनको शसंोधन प्रस्तावा मन्त्री पाण्डेले सदनमा पेश गर्नुभएको थियो ।

Exit mobile version