हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को गाउँपालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार बागमती गाउँपालिका–८ स्थित जनता माविको सभाहरुमा नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको प्रथम सम्मेलन सम्पन्न भएको हो ।
अनेरास्ववियू क्रान्तिकारी मकवानपुरको जिल्ला सम्मेलन आयोजक समिति सदस्य रोजल तामाङको सभाध्यक्षतामा भएको पालिकास्तरिय सम्मेलनमा माओवादी केन्द्र मकवानपुरको अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आथित्यता रहेको थियोे । सम्मेलनले अनेरास्ववियू (क्रान्तिकारी) बागमती गाउँपालिकामा निकास भोलनको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कमिटी पनि चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मदन घोरासाईनी ,सचिवमा अश्राम थिङ, कोषध्यक्षमा अजिना माझी सर्वसम्मत चयन भएका छन् ।
गाउँपालिका सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, अखिल क्रान्तिकारी बागमती प्रदेशका सह–संयोजक प्रदिप अर्याल, नेकपा.माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य ज्ञानसागर लामा, माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल, बागमती–४ का वडा अध्यक्ष रहरमान थिङ, अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति संयोजक आकाश पाख्रिन र शिक्षक महासंघ बागमती गाउँपालिकाको अध्यक्ष वसन्त राई लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।