Home मुख्य समाचार हेटौंडामा दैनिक १ करोड ५५ लाख लिटर खानेपानी वितरण

हेटौंडामा दैनिक १ करोड ५५ लाख लिटर खानेपानी वितरण


हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापना बोर्डले गत आर्थिक वर्ष ७७/७८ को प्रगति विवरण र आर्थिक वर्ष ७८/७९ को निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । शुक्रबार बोर्डले आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेर सो बारे जानकारी गराएको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक १ करोड ५५ लिटर खानेपानी उत्पादन गर्दै आएको छ । नगरको माग दैनिक १ करोड ८० लाख भएको खानेपानी बोर्ड हेटौंडाका निर्देशक सुदर्शन ढकालले बताउनुभयो । नगरको २० हजार ८८४ धारामा दैनिक ६ देखि ७ घण्टा पानि आइरहको बोर्डले जनाएको छ । हेटौंडा उपमहानगरको सहयोगमा बोर्डले यो वर्षमा रिचार्ज पोखरी निर्माण गर्ने, डिप बोरिङ गर्ने तथा भएका पानिको मुहानहरको संरक्षण गर्ने अध्यक्ष प्रताप विष्टले बताउनुभयो ।

हेटौंडा उपमहानगरको युनिटको रुपमा काम गर्दै आएको बोर्डले स्वच्छ खानेपानी वितरण गर्ने जनाएको छ । हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले सर्वसुलभ रुपमा न्यूनतम शुल्कमा स्वच्छ पानि वितरण गरिने बताउनुभयो । उहाँले यसको लागि हेटौंडा उपमहानगर खानेपानी बोर्डसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो । उहाँले बोर्डले अहिले तोकिएको न्यूनतम शुल्क ८५ रुपैयाँ भन्दा पनि कम गर्न सक्ने अवस्थामा त्यो पनि गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोर्डका सदस्य इन्द्र नेपाल, मकावनपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुलगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version