हेटौंडाः मकवानपुरमा बिहीबार ३९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ९९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २८ जना र ३३० जनाको ऐन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

योसहित जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १४ हजार १ सय ६१ पुगेको छ । हाल जिल्लामा ९४४ जना संक्रिय संक्रमित छन् ।

बिहीबार हेटौंडाका १९ जनामा, थाहा नगरमा ८ जना, मकवानपुरगढीम ६ जना, मनहरीमा २ जना, भीमफेदीमा १ जना, बकैयामा २ जना र राक्सिराङका एक जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा १५३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।