Home कला गजल

गजल

हरि दाहाल, मकवानपुरगढी- ३

धन पर्दैन परदेसी तन लिएर फर्क
देश बदल्ने युवाहरु मन लिएर फर्क

किन पोख्नु आफ्नो रगत तातो वालुवामा
सुन बग्ने देशमा अब जन लिएर फर्क

सङ्घर्षका पाठ सिक वर र पिपलसँग
विरासतका चट्टान फोर्न घन लिएर फर्क

जन्मभूमि बिरानो भो दुख बिर्सियौ कि
कालापानी जोगाउने डन लिएर फर्क

स्वाभिमानलाई जोगाउन अब उठ्नु पर्छ
नभुले है नेपालीको पन लिएर फर्क

Exit mobile version