Home कला गजल

गजल

डीबी बर्तौला

कोरोनाले मृत्यु भएकाहरुको लास देखियो अस्पतालमा
बाँच्छु भनेर आएको रोगीको सास रोकियो अस्पतालमा

अब बन्द गर यी बीभत्स मृत्युका भयावह दृश्य देखाउन
रोगले भन्दा नि मृत्युका दृश्यले मुटु हल्लियो अस्पतालमा

अचेत अवस्थामा रोगीको मर्छु भन्ने मनोविज्ञान सम्झन्छु।
यस्तो बेला नर्सहरुले खुसी साटेको देखियो अस्पतालमा

सरकार ढल्ने र बनाउने चरित्रहरु खुब देखिन्छ यो देशमा
देखेनन् कोरोनाले रोगी छट्पटिएको थियो अस्पतालमा

नेताहरु नयाँ प्रधानमन्त्री बनाउन हस्ताक्षर खोजी रहेछन्।
सास फेर्न गाह्रो भएपछि अक्सिजन खोजियो अस्पतालमा

Exit mobile version