फाइल तस्बिर ।

हेटौंडाः मकवानपुर जिल्लाका विभिन्न स्थानमा आज मंगलबार र भोलि बुधबार कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । मकवानपुर जिल्लाका लागि प्राप्त जोन्सन एण्ड जोन्सनको २३ हजार डोज खोप लगाउन लागिएको हो ।

एक डोजमात्र लगाए हुने अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्षका नागरिकलाई लक्षित गरी लगाउन लागिएको हो । विशेषगरी ५० देखि ५४ वर्षभित्रका नागरिक, विदेश जाने र रातो तथा निलो परिचयपत्रबाहेक अपाङ्गता भएकाहरुलाई प्राथमिकता दिएर खोप लगाइने हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । अवस्था र आवश्यकता हेरेर जिल्लाका १८ वर्षदेखि ५० वर्षसम्मका अन्य नागरिकलाई पनि खोप लगाउने सकिने बताइएको छ ।

अनलाइन फारम भरेकाहरुलाई खोप लगाइने बताउँदै चौलागाईंले अनलाइन फारम भरेपछि पाइने दर्ता नम्बर र परिचयपत्र लिएर आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन सकिने जानकारी दिनुभयो ।