हेटौंडाः सजिलो विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आइतबारबाट सेवा सुरु गरेको छ । प्रदेश सहकारी ऐन २०७६ अन्तर्गत स्थापना भएको सहकारीको प्रधान कार्यालय हेटौंडा–४, शितलमहल चोकमा स्थापना गरिएको छ । शेयर पुँजी १५ करोड कायम गरी सेवा सुरु गरिएको सहकारीका अध्यक्ष सुरेश लामाले जानकारी दिनुभएको छ ।

प्रदेशको राजधानी भएको जिल्लामा प्रधान कार्यालय स्थापना गरी भावी दिनमा अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने गरी सेवा सुरु गरिएको अध्यक्ष लामाको भनाइ छ । सहकारीले रेमिटान्स सेवा समेत प्रदान गर्ने जनाएको छ । कोरोना महामारीकै बीच आर्थिक क्रियाकलाप गरी आर्थिक विकासमा योगदान गर्ने उद्देश्य लिइएको अध्यक्ष लामाले बताउनुभयो । कोरोना महामारीकै कारण अनौपचारिक रुपमा सेवा सुचारु गरिएको छ ।