Home मुख्य समाचार भुवनेश्वर मन्दिर गेटमै महादेवको पुजा

भुवनेश्वर मन्दिर गेटमै महादेवको पुजा

हेटौंडाः जारी निषेधाज्ञाका कारण मन्दिर परिसर बन्द रहेका कारण यस बर्षको साउने पहिलो सोमबार भक्तजनले मन्दिरको मूलगेटमै पुजा गरेका छन् । हेटौंडा–४ स्थित भुवनेश्वर मन्दिरमा सोमबार बिहानैदेखि भक्तजन पुजा गर्न आएका थिए ।

मन्दिर बन्द रहेका कारण मूलगेटमै भक्तजनले पुजा गरेका थिए भने पुजारीले पनि मूलगेटमै बसेर भक्तजनका पुजा, प्रसादी ग्रहण गरिरहेका थिए । निषेधाज्ञाकै कारण सर्वसाधारण भक्तजनको उपस्थिति भने कम थियो ।

Exit mobile version