Home अर्थ/व्यापार व्यावसाय पूर्ण खुल्ला गर्न १३ अध्यक्षको माग

व्यावसाय पूर्ण खुल्ला गर्न १३ अध्यक्षको माग

हेटौंडाः मकवानपुरका १३ व्यवसायीक संघको अध्यक्षहरुले व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसँग माग गरेका छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी पाण्डेको कार्यकक्षमा पुगेर व्यवसायीक संघको अध्यक्षहरुले व्यवसायी र सहयोगीलाई खोपको व्यवस्थापन गर्न, व्यवसायी तथा उद्योगीहरुलाई बैंकको ब्याज तथा किस्ता भुक्तानी र घर भाडा छुटको व्यवस्था गर्ने माग राखेका छन् ।
घर बहाल कर तथा व्यवसाय नविकरणमा पूर्ण छुट हुनुपर्ने तथा विना जानकारी समय समयमा लोड सेडिङ अन्त्य गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष तेजराज अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई व्यवसायीको माग राख्नुभएको थियो । प्रजिअ पाण्डेले व्यवसायीहरुलाई खोप लगाउन सकारात्मक भएको बताउनुभयो ।

उहाँले विभिन्न उमेर समुहका व्यक्तिहरुलाई खोप आउने र उनीहरुलाई लगाएर बाँकी भएर व्यवसायीलाई पनि लगाउने बताउनुभएको छ । उहाँले व्यवसायीलाई छुटको लागि सिफारिस लिएर सम्बन्धीत निकायमा जान जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गरिसकेको जानकारी गराउनुभयो । त्यस्तै कोभिड संक्रमण ५ सय बढी भएकोले जिल्लामा निषेधाज्ञा अहिले नखुल्ने प्रष्ट गर्नुभयो । मदिरा, यातायात बाहेक अन्य व्यवसायहरु निश्चित समय खोल्न दिइएको भन्दै त्यसैलाई व्यवस्थापन व्यवसायलाई आग्रह गर्नुभएको छ । सरकारले मदिरा, शैलिन, ब्यूटपार्लर, मनोरञ्जन सरकारले नेगेटिभ लिस्टमा राखेकोले अहिले नखुल्ने बताउनुभयो । उहाँले आउँदो साउन १ गतेदेखि व्यवसाय खोल्ने समय केही हेरफेर हुन सक्ने बताउनुभएको छ ।

Exit mobile version