Home खेलकुद तेस्रो स्थापना दिवसमा ब्याटमिन्टन प्रतियोगिता

तेस्रो स्थापना दिवसमा ब्याटमिन्टन प्रतियोगिता

हेटौंडाः बागमती प्रदेश अन्तर्गत प्रदेश खेलकुद विकास परिषद्को तेस्रो स्थापना दिवसको अवसरमा बिहिबार मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा–११ स्थित थानाभर्‍याङमा रहेको सामुदायिक सेवा केन्द्रको कभर्डहलमा भएको प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् र बागमती प्रदेश युवा परिषद्बिच मैत्रीपूर्ण खेल भएको थियो ।

दुबै टिमका गरेर १६ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ५ सेट खेल खेलाइएको थियो । जसमा खेलकुद विकास परिषद्ले युवा परिषद्लाई ३–२ को सेटमा पराजित गरेको छ । आयोजक समेत रहेको बिजेता खेलकुद विकास परिषद्ले ट्रफि प्राप्त गरेको छ ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । स्थापना दिवसको अवसरमा हुने यसप्रकारको मैत्रीपूर्ण प्रतियोगिताले मानिसमा खेल्ने भावनालाई जागृत गर्ने सामाजिक विकास राज्यमन्त्री अधिकारीले बताउनुभयो । खेल तथा युवाहरुको प्रतिनिधित्व गर्ने संघसंस्थाका पदाधिकारी तथा कर्मचारीहरुले नै यसरी खेल खेल्दा खेलकुद तथा युवाको क्षेत्रमा विकास गर्न सहयोग मिल्ने उहाँको भनाई रहेको थियो ।

प्रतियोगितामा प्रदेश खेलकुद परिषद्का सदस्यद्वय माधव तिमल्सिना, कल्पना श्रेष्ठ, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख राजन दाहाल खुशराज, सदस्य निरु मगरलगायतकाको सहभागिता रहेको थियो ।

Exit mobile version