हेटौंडा अस्पातल ।

हेटौंडाः हेटौंडा अस्पतालमा २३ जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन् । १२ जना महिला र ११ जना पुरुषहरु आइतबार अस्पतालमा उपचार गराइरहेको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।

अस्पतालमा पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु भएको छैन । अस्पतालको आईसियु कक्षमा ५ जना, स्टेपडाउन वार्डमा ३ जना र एचडियु कक्षमा १५ जना उपचाररत रहेको पनि झाले जानकारी दिनुभयो ।