हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको अनुगमन टोलिले ३ ग्राम लागूऔषध गाँजासहित सुधार केन्द्रको संचालकलाई पक्राउ गरेको छ ।
हेटौंडा–९ लामसुरेमा रहेको दिपकला प्रतिस्ठान सुधार केन्द्रको संचालक हेटौंडा–४ को राजिव नरिसिंहसलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै सुधार केन्द्रमा रहेका हेटौंडा–९ को २८ बर्षीय जोएल श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताउनुभयो । प्रहरीले सुधार केन्द्रको संचालक नरसिंह श्रेष्ठले लगाएको पाइन्टको खल्तीबाट २ ग्राम र उनी बसेको कोठाको भित्तामा रहेको लेदरको ज्याकेटबाट १ ग्राम गाँजा फेला पारेको थियो ।