हेटौंडाः हेटौंडा अस्पतालमा पछिल्लो समय उपचाररत कोभिड संक्रमितहरुको संख्यामा केही कमी आएको छ । अहिले अस्पतालमा ३२ जना कोभिडका गम्भिर संक्रमितहरु उपचाररत छन् ।
आइतबार अस्पतालको आइसियूमा ७ जना र एचडियूमा ९ जना उपचार गराइरहेको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो । यस्तै अस्पतालको स्टेप डाउन वार्डमा १५ जना र आकस्मिक कक्षमा १ जन उपचाररत रहेका छन् ।