Home कला लतारिएका पाइलाहरु

लतारिएका पाइलाहरु

रोशनी कुमारी महतो कक्षा ६, नवोदय शिशु सदन

ओइ पढेर के हुन्छ ?
पछि गएर भान्सा मै बस्ने
आज धनी केटोसँग बिहे गर
भोलि सुख पाउछेस्
भन्दै बालविवाहको भरमा
टिकेको यो देश
सही, गलत छुट्याउन सकेनि
अन्धकार मनमा जलाई
सूर्यको किरणलाई नकारेको
यो समाज
स्वतन्त्र भनिएर पनि

कुप्रथाको जालोमा अल्झिएका हामी
संसारमा भएका समस्याहरुसँग
लड्दै अघि बढेका यी पाइला
आज निराशामा डुबी थामिएका छन्
विश्वको अगाडि कहिले नहारेका पाइला
आज कुप्रथाको भरमा लतारिएका छन्

सत्यको साथ दिन सधैँ अघि सरेका यी पाइला
आज हारेर लतारिएका छन्
त्यही सत्यका पथमा हिँड्ने पाइलाहरू
डराउँछन् सत्य बोल्न पनि
डराउँछन् हिँड्न पनि
यो सोचमा कि
यी पाइलाहरू फेरि पनि लतारिन्छन् कि ?

एक कुप्रथा जसले बाध्यता गर्यो
घुटीघुटी जिउनलाई
अब डर लाग्छ यो सोचेर
कि मेरा लतारिएका पाइलाहरू
फेरि पनि हिँड्न सक्छन् त ?

Exit mobile version