हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डलाई सहयोग गरिएको छ । सचेत नागरिक युवा समूह मकवानपुरले बिहीबार भीमफेदी–६, भीमफेदीस्थित आइसोलेसन वार्डमा पुगेर पानी तताउने इलेक्ट्रिक जग, खाने तेल, फलफूल, अण्डा हस्तान्तरण गरेको हो ।
समूहका सदस्य सन्जिब श्रेष्ठको संयोजकत्वमा सहयोग हस्तान्तरण कार्यक्रम भएको अध्यक्ष शिवनारायण श्रेष्ठले जानकारी दिनुभएको छ । आइसोलेसन वार्डका प्रमुख डा. सुनिल थापालाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा समूहका सल्लाहकार अनल श्रेष्ठ, सचिब चुडाराज उप्रेती, सदस्य चेत बहादुर थापा, नेकपा एमाले भीमफेदी गाउँ कमिटीका अध्यक्ष मनोज थापाको पनि उपस्थिति रहेको थियो ।