Home मुख्य समाचार विश्व दुध दिवसको अवसरमा हेटौंडा अस्पताललाई सहयोग

विश्व दुध दिवसको अवसरमा हेटौंडा अस्पताललाई सहयोग

हेटौंडाः विश्व दूध दिवस २०२१ अवसरमा हेटौंडा अस्पताललाई दुध तथ दुग्धजन्य पदार्थ वितरण गरिएको छ । अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामी र स्वास्थ्कर्मीलाई दूध र दुग्ध जन्य पदार्थ बितरण गरेर दिवस मनाइएको हो ।

‘‘दूध तथा दुग्ध जन्य पदार्थको नियमित सेवन, कोरोना भाइरसका बिरुद्धमा दिर्घ जीवन’’ भन्ने नाराका साथ बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको आयोजनामा दुध तथा दुग्ध जन्य पदार्थको वितरण गरेको छ । हेटौंडा अस्पताललाई ५ सय लिटर दुध, १५ केजी पनिर, १५ केजी घिउ र २० केजी खुवा वितरण गरेर विश्व दूध दिवस मनाइएको छ ।

Exit mobile version