Home कला मेरो गुरु (झ्याउरे छन्द)

मेरो गुरु (झ्याउरे छन्द)

मोनालिशा खड्का, (ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं, कक्षाः११)

हे मेरो गुरु ईश्वर तिमी परमात्माहरुमा तिमी नै
ज्ञानको दीप छर्छौ गुरु सधैं हामीलाई
सवल बनाई अव्वल बनाई सपना देखायौ
भविष्य मेरो उज्यालो पार्न यो बाटो डोर्‍यायौ

कलम समाई लेखाउन सिकाई आँटिलो बनायौ
साँझ र बिहान नभनी साथ हरदम निभायौ
हात र काँध मिलाई तिम्ले कर्मवीर बनायौ
गरेर दुख पाउँछौ सुख तिमीले सिकायौ

चोर्ने र लुट्ने, छल्ने र ढाँट्ने नगर कहिल्यै
मिहिनेतले कमाउ मिहिनेतले खाउ सिकायौ जहिल्यै
गुरु तिमीले सिकायौ

Exit mobile version