Home मुख्य समाचार अनेमसंघ मकवानपुरले दियो हेटौंडा अस्पताललाई ५० अक्सिजन सिलिण्डर

अनेमसंघ मकवानपुरले दियो हेटौंडा अस्पताललाई ५० अक्सिजन सिलिण्डर

हेटौंडाः नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरले हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले हेटौंडा अस्पताल सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा उपचारत कोभिड–१९ संक्रमितको उपचारमा अक्सिजनको कमी नहोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर सहयोग गरिएको अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेले जानकारी दिनुभयो ।

अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, अनेमसंघ संघ हेटौंडा नगर अध्यक्ष रञ्जिता सिलवाल, भुमि सम्बन्धी समस्या समाधान आयोगकी सदस्य प्रतिमा श्रेष्ठ, लगाएतको उपस्थित थियो ।

Exit mobile version