Home मुख्य समाचार ९० जनामा कोरोना संक्रमण पुष्टि

९० जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब नमूना संकलन केन्द्रमा संकलित १८३ जनाको स्वाब नमूना परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार सार्वजनिक गरिएको विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाका ६५ जना, थाहा नगरपालिकाका १८ जना, मकवानपुरगढीका ३ जना, मनहरी गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका १ जना र बारा जिल्लाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बुधबार, बिहीबार र शुक्रबार तीन दिन संकलित १८३ नमूनाको परीक्षणको रिपोर्ट शनिबार सार्वजनिक गरिएको हो । शनिबार गोरक्षेश्वर स्वाब नमूना संकलन केन्द्रमा १३२ जनाको स्वाब नमूना संकलन गरिएको छ ।

Exit mobile version