Home मुख्य समाचार निषेधाज्ञामा जिल्ला प्रशासनबाट जारी भएको पास मात्र मान्य हुने

निषेधाज्ञामा जिल्ला प्रशासनबाट जारी भएको पास मात्र मान्य हुने

हेटौंडाः निषेधाज्ञा अवधिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएको सवारी पास मात्रै मान्य हुने भएको छ । स्थानीय तहले जारी गरेको सबै पास आजैबाट खारेज भएको छ ।

उनीहरुको पास मान्य नहुने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरका आज बसेको बैठकले निर्णय गरेको छ । स्थानीय तहबाट जारी भएका पासलाई अब जिल्ला प्रहरी कार्यालय मकवानपुर र मकवानपुर ट्राफिक प्रहरीले रोक लगाउने छन् ।

Exit mobile version