Home मुख्य समाचार भोलिबाट हेटौंडामा होटल, लज, रेष्टुरेन्ट, चिया पसल बन्द हुने

भोलिबाट हेटौंडामा होटल, लज, रेष्टुरेन्ट, चिया पसल बन्द हुने

हेटौंडाः हेटौंडा उपमहानगरभित्र भोलि शनिबारबाट होटल, लज, रेष्टुरेन्ट, चिया पसल, मिठाई पसल बन्द हुने भएको छ । यस्तै उनीहरुले टेक अवे र होम डेलिभरी सेवा भने बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म दिन पाउँनेछ ।

शुक्रबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसि) को बैठकले हेटौंडा बसपार्क क्षेत्रको सबै किराना पसल, चिया पसलमा धेरै भीडभाड भएको भन्दै सबै अर्का सुचना नभएसम्मको लागि बन्द गर्ने निर्णय गरेको हो । अत्याधिक भीडभाडको कारण जोखिम बढ्न सक्ने भन्दै यसतो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी औद्योगिक क्षेत्रका उद्योगहरुमा कार्यरत कर्मचारीहरुलाई उद्योग भित्रै राख्नुपर्ने भएको छ । उनीहरुलाई बाहीर आवतजावत गर्न रोक लगाएको छ । यसैगरी गौरिकटर आइसोलेसन सेन्टरमा हाल २० बेडको अक्सिजन सहितको सेवा सञ्चालन भएपनि त्यसलाई बढाएर २ सय बेडसम्म बनाउन आवश्यक स्वास्थ्य सामाग्री सहितको व्यवस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो ।

Exit mobile version