हेटौंंडाः जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ महामारीको बारेमा जिल्लाभित्र दुग्ध व्यवसायी किसान र दुग्ध पदार्थ कारोबार गर्ने संस्थाहरुलाई सचेतना प्रदान गरिएको हो ।
कोभिड–१९ को महामारीले निम्तिन सक्ने असर र लकडाउन भएको अवस्थामा किसानहरुले कसरी दूध सजहरुपमा बिक्री गर्न सकिन्छ भन्नेबारे छलफल भएको जिल्ला दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो । सोमबार मकवानपुरका बागमती, बकैया, मनहरी, भीमफेदी र मकवानपुरगढी गरी ५ वटा गाउँपालिकाका ३० वटा दुग्ध संकलन संस्थाका व्यवस्थापकहरुबीच छलफल भएको हो ।
आइतबार हेटौंडा उपमहानगरपालिकाका २३ वटा दुग्ध संकलन संस्थाका व्यवस्थापकहरुबीच छलफल भएको थियो । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा ५५ वटा दूग्ध संकलन संस्थाहरु रहेका छन् । जसमध्ये हेटौंडा उपमहानगरपालिकामा २३ ओटा रहेका छन् भने बाँकी ३२ संस्थाहरु ५ वटा गाउँपालिकामा रहेका छन् ।