सांकेतिक तस्विर ।

हेटौंडाः प्रहरीले फरार प्रतिवादी कोधर्मेन्द खेम्कालाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतको मिति २०७२ चैत्र २२ गतेको फैसालाले सार्वजनिक मुद्धामा १४५० रुपैयाँ जरिवाना भुक्तान गर्न बांकी रहेका उनलाई आइतबार जरिवाना नतिरी फरार रहेका खेम्का पक्राउ पक्राउ गरेको हो ।

उनलाई आइतबार नै जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएर जरिवाना भुक्तान गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो ।