Home कला नाच्ने नै मेरो रहर

नाच्ने नै मेरो रहर

दिव्या खड्का, कक्षाः८, कमाने एकेडेमी

नाच्ने नै मेरो रहर भयो
हृदय खोलेर
अरmको गीतमा कम्मर मर्काइ
दुःख यो भुलेर

छोड्ने छैन यो रहर
कुनै दुःखमा
संघर्ष गर्दै जानु नै पर्ने
हरेक युगमा

नाच्ने पनि मेरो एउटा
जीवनको लक्ष्य हो

सबैलाई हँसाइ रमाइलो गर्दै
म्न नै जित्ने हो
यो मेरो आँट यो मेरो हिम्मत

सदैव रहनेछ
कुरिती हटाई संसार जित्ने
हौसला बढ्नेछ

नराम्रो सोच पन्छाउँदै अघि
म सधैँ बढ्नेछु
यहीँ कामबाट सधैँ नै मैले
सम्मान पाउनेछु

Exit mobile version