Home मुख्य समाचार हेटौंडामा निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने

हेटौंडामा निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट निजी सवारी सधानमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

हेटौंडामा संचालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरी लगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।

हेटौंडा बजार क्षेत्रमा मानिसहरुको भिडभाड बढेको भन्दै थप संक्रमण निम्त्याउन सक्ने भएकाले जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । यस्तै सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने भएको छ ।

कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माको संयोजकत्वमा शुक्रबार ७ सदस्यीय समिति गठन गरिएको छ ।

Exit mobile version