Home खेलकुद विजय युथले संकटाको सामना गर्दै

विजय युथले संकटाको सामना गर्दै

हेटौंडाः बाराको सिमरामा जारी विश्वकर्मा सिमेन्ट ११ औं जितपुर सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा आज मंगलबार हेटौंडाको विजय युथ क्लबले संकटा क्लबको सामना गर्दैछ ।

यसअघि सुदूरपश्चिम ११ लाई २–० गोलले स्तब्ध पार्दै क्वार्टरफाइनल प्रवेश गरेको विजय युथले आज १९ औं आहा रारा गोल्डकपको उपाधि विजेता संकटाको सामना गर्ने भएको हो ।

नवजनजागृति युवा क्लबको आयोजना तथा जितपुर सिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि बैशाख ११ गतेका दिन हुनेछ ।

Exit mobile version