Home कला लकडाउन

लकडाउन

विदान पकुवाल कक्षा ४, नवोदय शिशु सदन

लकडाउनले स्कुल जान पाइएन
बस्दा बस्दै दिन बित्यो पढ्न पाइएन
दिक्क भएँ फेरि हुने लकडाउनले गर्दा
आँखाबाट आँसु खस्यो करोडौँ मान्छे मर्दा

स्कुल बन्द हुने दिन नआओस्
लकडाउन नलगाएर खुसियाली छाओस्

हाम्रो देशमा दिनका दिन कोरोना बढिराछ
भगवान हाम्रो भविष्य तिमीमाथि नै छ
गरिबहरु भोकभोकै मरिराछन्
हाम्रो देशको नेता कहाँ घुम्न गाछन्

Exit mobile version