हेटौंडाः हेटौंडा स्कूल अफ म्यानेजमेन्टको शौचालयमा राखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान सवा ६ बजेतिर क्याम्पसको छात्र शौचालयमा तारसहितको शंकास्पद वस्तु भेटिएपछि क्याम्पसमा बम राखिएको हल्ला फैलिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेपछि बम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

शौचालयभित्र बाकसजस्तो देखिने तार निस्किएको शंकास्पद वस्तु फेला परेपछि शुक्रबार क्याम्पसको पठनपाठन स्थगित भएको थियो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।