Home मुख्य समाचार मकवानपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा उप्रेती

मकवानपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा उप्रेती

हेटौंडाः मकवानपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा गणेशहरी उप्रेती चयन हुनुभएको छ । सोमबार हेटौंडामा भएको संघको आठौं अधिवेशनले उप्रेतीको अध्यक्षतामा १७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा सुर्वणलाल श्रेष्ठ, द्धितिय उपाध्यक्ष होमराज मगर, महासचिवमा कुमार पौडेल, कोषाध्यक्षमा रामहरी तिमल्सिना, सचिवमा शिव प्रसाद खतिवडा(राजु) चयन हुनुभएको हो । यस्तै संघको सदस्यहरुमा विष्णु कुमार नेपाल, सुर्य प्रसाद पौडेल, टंक काफ्ले, दिपेन्द्र कार्की, अमित श्रेष्ठ, मेनका श्रेष्ठ, चम्फुरत्न लामा, रिना गौतम, यतिराज सापकोटा, गिता मैनाली रहनुभएको छ ।

संघको नगर अध्यक्षमा तारा कार्की र महिला उद्यम समिति अध्यक्षमा सन्तोषी बानियाँ आठौं अधिवेशनले चयन गरेको अध्यक्ष गणेशराज उप्रेतीले जानकारी दिनुभयो । आठौं अधिवेशनमा संघको केन्द्रिय अध्यक्ष श्याम गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

Exit mobile version