गुगल तस्विर ।

हेटौंडाः मकवानपुरमा करेन्ट लागेर पाख्रिन दम्पतीको मृत्यु भएको छ । हेटौंडा–९ स्थित सिमेन्ट उद्योग नजिकै रहेको घरमा ३५ वर्षीय समिर पाख्रिन र ३० वर्षीय अन्सु पाख्रिनको मृत्यु भएको हो ।

आज बिहान ९ बजे उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरुलाई ११ हजार भोल्टेजको करेन्ट लागेको हेटौंडा–९ का वडाअध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिनुभयो । फलामको डन्डीले तारलाई व्यवस्थित गर्न खोज्दा करेन्ट लागेको उहाँले बताउनुभयो ।