हेटौंडाः हेटौंडा ९ स्थित न्यू गोल्डेन स्टार स्पोर्टस क्लबको महिला भलिबल टिमलाई नेशनल गोल्ड एचडी टेलिभिजनले जर्सी प्रायोजन गरेको छ । हेटौंडा–१९ मा बिहीबारबाट सुरु भएको जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउनका लागि टिमलाई टेलिभिजनले १० सेट जर्सी सहयोग गरेको हो ।

टेलिभिजनका प्रबन्ध निर्देशक तथा व्यवसायी उज्जवल चौलागाईले टिम म्यानेजर तथा टिम कप्तानलाई जर्सी हस्तान्तरण गर्नुभएको थियो । जर्सी हस्तान्तरण गर्दै चौलागाईंले महिलाहरुलाई खेलकुदको क्षेत्रमा पनि अगाडि बढ्न सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले टिमलाई आवश्यक परेमा थप सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यस्तै टिमलाई अनेरास्ववियु मकवानपुरका संयोजक किशन घिसिङले पनि आर्थिक सहयोग गर्नुभएको छ । थोरै भएपनि सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुहुँदै संयोजक घिसिङले ३ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको हो । मकवानपुरका ७ टिमको सहभागिता रहेको प्रतियोगितामा न्यु गोल्डेनले लिग कम नकआउट प्रतियोगिता अन्तर्गत शुक्रबार हटिया स्पोर्ट्स एकेडेमी हेटौंडा १७ र थाहा नगरपालिकाको टिमसँग प्रतिस्पर्धा गर्दैछ ।