हेटौंडाः मकवानपुरमा जारी बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार एपीएफलाई २–० गोलले हराउँदै थ्रीस्टार अन्तिम चारमा पर्न सफल भएको हो ।

थ्रीस्टारका दिपेश घलेले खेलको दोस्रो हाफमा दुई गोल गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

शुक्रबारदेखि गोल्डकपको सेमिफाइनल खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइन खेल जाउलाखेल युथ क्लब र अफ्रिकन रुट एसोसिएसन बिच हुनेछ ।

शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार र बागमती युवा क्लब भिड्नेछन् । फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।