हेटौंडाः हेटौंडा–४, अजरअमररोडस्थित थर्डआइ एजुकेशनल सेन्टर प्रालिले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अजरअमर भवनस्थित थर्डआईको कार्यालय परिसरमै रक्तदान कार्यक्रम गरेको हो ।
रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भइरहेका बेला रक्तदान कार्यक्रमको आयोजना गरिएको थर्डआइका प्रबन्ध निर्देशक बेलप्रसाद खतिवडाले जानकारी दिनुभएको छ । शुक्रबार भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । रगतको अभावकै कारण शनिबार पनि रक्तदान कार्यक्रम हुँदैछ ।
शनिबार बिहान रोट्र्याक्ट क्लब अफ हेटौंडाले हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । यस्तै आइतबार चुरेहिल हस्पिटलले पनि रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको रक्तसञ्चार केन्द्र हेटौंडाले जानकारी दिएको छ ।