Home कला कलाकार तथा दुव्र्यसनी विरुद्ध लड्नेलाई रिकभरी अवार्ड

कलाकार तथा दुव्र्यसनी विरुद्ध लड्नेलाई रिकभरी अवार्ड

हेटौंडाः थाहा कला केन्द्र मकवानपुरको आयोजना तथा सिआन पुनस्र्थापना केन्द्रको सहआयोजनामा सिआन मकवानपुर कलाकारिता अवार्ड तथा पत्रकार, सर्जक सम्मान कार्यक्रम हुने भएको छ ।

शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरेर कला केन्द्रको स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न लागेको सिआनका सचिव अनिल अधिकारीले जानकारी दिनुभयो । कोभिड–१९ का कारण स्थगित भएको अवार्ड कार्यक्रम आउँदो जेठ ९ गते गर्ने गरी तयारी सुरु गरिएको उहाँले बताउनुभयो ।

कलाकारिताको विकासमा निरन्तर लागिरहेको थाहा काला केन्द्रले मकवानपुर जिल्लाभर रहेका कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रमको आयोजना गरेको कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताउनुभयो । उहाँले ३१ विधामा अवार्ड र ११ जना पत्रकारलाई सम्मान गर्न लागेको समेत जानकारी दिनुभयो । थाहा नगरपालिकाको पालुङमा अवार्ड वितरण कार्यक्रम हुनेछ । ११ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

Exit mobile version