Home मुख्य समाचार युवा प्रतिभाको खोजी तथा प्रोत्साहनका लागि, प्रदेशस्तरीय लेखन प्रतियोगिता सम्पन्न

युवा प्रतिभाको खोजी तथा प्रोत्साहनका लागि, प्रदेशस्तरीय लेखन प्रतियोगिता सम्पन्न

हेटौंडाः युवाहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले प्रतिभाको खोजी तथा प्रोत्साहन कार्यक्रम अघि सारेको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयले शुक्रबार हेटौंडामा युवा प्रतिभाको खोजी तथा प्रोत्साहनमा टेवा पुर्‍याउने उद्देश्यले लेखन प्रतियोगिता गरेको हो ।

राष्ट्रिय युवा परिषद्को सहकार्यमा मन्त्रालयले समृद्ध राष्ट्र निर्माणका लागि युवाका विचारहरु विषयक प्रदेशस्तरीय लेखन प्रतियोगिता आयोजना गरेको हो । बागमती प्रदेशका ८ वटा जिल्लाका विभिन्न स्थानीय तहका युवा तथा विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

प्रतियोगितामा कविता राना मल्ल प्रथम, बनेपा नगरपालिकाकी आरती ढुंगाना द्वितीय र चा“गुनारायण नगरपालिकाकी अर्चना तिमल्सिना तृतीय भएका थिए । यस्तै, रसुवाकी सपना गोले तथा मेलम्ची (सिन्धुपाल्चोक)की सरिता भट्टराई सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव रुद्रहरि भण्डारी, राष्ट्रिय युवा परिषद्का उपसचिव देवीप्रसाद अधिकारी, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, जिल्ला युवा समिति मकवानपुर अध्यक्ष शिवहरि दाहाललगायतको आतिथ्यता थियो ।

Exit mobile version