Home खेलकुद स्थानिय तह शहीद स्मृति गोल्डकप, त्रिभुवन आर्मी विजयी

स्थानिय तह शहीद स्मृति गोल्डकप, त्रिभुवन आर्मी विजयी

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबलमा नेपाल आर्मी क्लब विजय ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबलमा नेपाल आर्मी क्लब विजय भएको छ । शुक्रबार भएको खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै नेपाल आर्मी क्लब विजयी भएको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा आर्मीले जावलाखेल युथ क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच नेपाल आर्मी क्लबका गोलरक्षक विवश चौधरी घोषित भए ।

यस्तै, शनिबार नेपाल पुलिस क्लब र संकटा क्लब काठमाडौंबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, उपविजेताले नगद ५ लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले ३५० सीसीको बुलेट बाइक प्राप्त गर्नेछन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले सर्वोत्कृष्ट खेलाडीको लागि बुलेट बाइकको प्रायोजन गरेको हो ।

Exit mobile version