हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका विकास महाशाखाको आयोजनामा महिला जागरण समूह गठन भएको छ । तारा ढुंगानाको संयोजकत्वमा महिला जागरण समूह गठन गरिएको हो ।
१५ सदस्यीय समूहको उपध्यक्ष संगीता वाइवा, सचिव निशा लामा, कोषाध्यक्ष जमुना तितुङ रहेका छन् । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको सभाध्यक्षतामा रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता थियो । मेयर महतले महिलालाई विभिन्न अवसर सँगै पछाडि परेका महिलालाई प्राथमिता दिने बताउनुभएको छ ।
कार्यक्रममा जेखिम र चुनौतीपूर्ण क्षेत्रमा काम गर्ने महिलालाई सम्मानसमेत गरिएको थियो । स्काइ फोल्डिङमा पूजा कुमाल, यौनिक तथा अल्पसंख्यकको अधिकार प्रवद्र्धनमा किरण लामालगायत विभिन्न पेशामा आवद्व ९ जना महिलालाई सम्मान गरेको भएकोे महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलगायतको आतिथ्यता थियो ।