Home मुख्य समाचार लदी पर्व मनाइयो

लदी पर्व मनाइयो

हेटौंडाः तान्त्रिक धर्म अन्तर्गत प्रकृति पुजक अति सीमान्तकृत आदिवासी जनजाति माझी समुदायको लदि पर्वको अवसरमा मंगलबार मकवानपुुरको बकैया–४ जुरेलीमा बृहत सांस्कृतिक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरु एकसाथ नृत्य गरेका थिए । सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदानप्रदान तथा टीका र प्रसादी ग्रहण कार्य गरिएको थियो । लदी पर्वको असवरमा मंगलबार मकवानपुरको बकैया गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो ।

Exit mobile version