हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो ।
फागुन ६ गतेको बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले बताउनुभयो ।
