Home खेलकुद फागुन २७ गतेदेखि स्थानीय तह सहिद स्मृति गोल्डकप हुने

फागुन २७ गतेदेखि स्थानीय तह सहिद स्मृति गोल्डकप हुने

हेटौंडाः यही फागुन २७ गतेदेखि हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल हुने भएको छ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडाको वन विज्ञान क्याम्पसमा हुने प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुनेछ । मकवानपुर जिल्ला फुटबल संघले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी गराएको छ ।

मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा हुन लागेको प्रतियोगिताको लागत ९४ लाख ४० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजकसहित नेपालका ए डिभिजन क्लबको सहभागिता रहने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ र म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले आजै संघका सल्लाहकार तथा सहयोगीहरुसँग अन्तरक्रिया समेत गरेको छ ।

Exit mobile version