हेटौंडाः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको छैठौ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेको सभाध्यतामा भएको साधारणसभामा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंको प्रमुख आतिथ्यता थियो ।
जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालको विशिष्ट आतिथ्यता रहेको साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवाललगायत अतिथिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा साधारणसमा सम्पन्न गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको वार्षिक साधारणसभाकै अवसरमा बागमती प्रदेश समितिसमेत गठन गरिएको छ । बागमती प्रदेश समितिको संयोजकमा सुधीर श्रेष्ठ चयन हुनुभएको छ । उपाध्यक्ष रुपेश प्रधान, केशव चौहान, सचिव कृष्ण अर्याल, कोषाध्यक्ष कुमार सिंह प्रधान चयन हुनुभएको छ । सदस्यमा प्रेमबहादुर सुवाल, अशोक थापा, कुलबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ चयन हुनुभएको छ । साधारणसभामा ४० जिल्लाबाट तीन सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको थियो ।