Home मुख्य समाचार जनप्रियका विद्यार्थीको साथी समूह गठन

जनप्रियका विद्यार्थीको साथी समूह गठन

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविबाट २०५७ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थी समूहले पुनर्मिलन तथा वनभोज कार्यक्रमको आयोजना गरेका छन् । पुनर्मिलन तथा वनभोज कार्यक्रममा २०५७ सालको एसएलसी व्याचमा प्रथम श्रेणीसहित प्रथम हुन सफल विद्यार्थी विनोद दाहालको अध्यक्षतामा ९ सदस्यीय ‘विद्यार्थी साथी समूह २०५७’ गठन गरिएको छ ।

साथी समूहको उपाध्यक्षमा लेखनाथ ढकाल, सचिवमा दीपक गजुरेल, कोषाध्यक्षमा श्याम नेपाल चयन हुनुभएको छ । यस्तै सदस्यमा मीना अर्याल, रामकृष्ण थापा, मोहनप्रसाद ढकाल, शिवप्रसाद खतिवडा (राजु) र जगदिश दाहाल चयन हुनुभएको छ । २०५७ सालको एसएलसी परीक्षामा सहभागी ७० जना विद्यार्थी मध्ये भेलामा ३५ जना सहभागी थिए ।

पुनर्मिलनको अवसरमा पूर्वविद्यार्थीले अक्षयकोषको सुरुवात समेत गरेका छन् । शनिबारको भेलामा सहभागी विद्यार्थीले दुई लाख २५ हजार रुपैया“ संकलन गरिएको र अक्षयकोषमा रकम थप गर्दै लगिने साथी समूहका अध्यक्ष विनोद दाहालले जानकारी दिनुभएको छ । हेटौंडा–१९ स्थित तपोवन क्षेत्रमा शनिबार भएको पुनर्मिलन तथा वनभोज कार्यक्रममा सहभागी विद्यार्थीले आफूहरुले अध्ययन गरेको विद्यालयको भौतिक एवम् शैक्षिक विकासमा आवश्यक सहयोग गर्न अग्रसर हुने निर्णय गरेको दाहालले जानकारी दिनुभयो ।

Exit mobile version