हेटौंडाः मकवानपुर जिल्ला अदालतमा चालु आर्थिक वर्षमा दायित्व सरेर आएका २ वर्ष पुराना १६ वटा मुद्दाहरु फैसला हुन बाँकी रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म अदालतमा २ वर्ष नाघेका १० वटा देवानी र ६ वटा फौजदारी मुद्दा फैसला हुन बाँकी रहेको हो ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण अदालतको काम प्रभावित हु“दा पुराना मुद्दा फैसलामा ढिलाई भएको जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टरार्ईले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको २ वर्ष पुरानो ११ वटा मुद्दा बाँकी रहेकोमा चालु आर्थिक वर्षको हालसम्म १६ वटा मुद्दा बाँकी रहेको उहाँले बताउनुभयो ।
जिल्ला अदालत मकवानपुरमा गत वर्ष दर्ता भएको ९ सय १४ वटा मुद्धामध्ये ५ सय १९ मुद्दा फछौंट भएको छ । गतवर्ष फछ्र्यौट हुन बाँकी ३ सय ९५ वटा मुद्दाहरुको दायित्व चालु आर्थिक वर्षको पुस मसान्तसम्म थप ७ सय १४ वटा मुद्दा दर्ता भई यसवर्ष एक हजार एक सय ९ वटा मुद्दा पुगेको छ । अघिल्लो वर्षबाट दायित्व सरेर आएको र यस वर्ष थपिएकामध्ये पुस मसान्तसम्म ५ सय १९ वटा मुद्दाहरु फछौंट भएको श्रेस्तेदार भटराईले बताउनुभयो ।
अदालतले ‘एक भिजन एक मिसन, एक वर्षभित्र न्याय सम्पादन’को सिद्धान्तलाई अंगीकार गरेको जानकारी दिँदै श्रेस्तेदार भट्टराईले सबै किसिमका मुद्दाहरु ६ महिनादेखि १ वर्षभित्र फछ्र्याैट गर्नेगरी काम भइरहेको बताउनुभयो ।