Home अर्थ/व्यापार मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन चैत २१ गतेदेखि

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन चैत २१ गतेदेखि

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक सभा तथा निर्वाचन कार्यक्रम आगामी चैत २१, २२ र २३ गते हुने भएको छ । चैत २१ गते उद्घाटन सत्र आयोजना गरिनेछ ।

चैत २२ गते उम्मेदवारी दर्ता, मतदाता नामावली तथा उम्मेदवार नामावली प्रकाशन गरिने संघले जनाएको छ । त्यसैगरी चैत २३ गते मतदान कार्यक्रम हुनेछ । मतदान कार्यक्रम सम्पन्न भएलगत्तै मतगणना हुनेछ । अन्तिम मतपरिणाम घोषणा भएको ३ दिन भित्र पद हस्तान्तरण तथा सपथ ग्रहण गर्ने संघको प्रचलन रहेको छ ।

Exit mobile version