हेटौंडाः संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस मकवानपुरले आज शनिबार हेटौंडामा विरोध प्रदर्शन गर्ने भएको छ । शुक्रबार नेपाली कांग्रेस पार्टी कार्यलयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बिरोध प्रदर्शन र सभाको बारेमा जानकारी दिइएको हो ।

नेपाली कांग्रेसका हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले शनिबार हुने विरोधसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डीना उपाध्याय र प्रकाश स्नेहीलगायतले सम्बोधन गर्ने बताउनुभयो । शनिबार वन विज्ञान अध्ययन संस्थानमा भेला भएर विरोध प्रदर्शनपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित शितलमहल चोकमा विरोध सभा गर्ने नगर सभापति पराजुलीले बताउनुभयो ।