Home मुख्य समाचार जन्मदिनको अवसरमा मामाघरमा सहयोग

जन्मदिनको अवसरमा मामाघरमा सहयोग

सहयोग सामग्री हस्तान्तरण गरिँदै

हेटौंडाः हेटौंडा–४ का रेयान सापकोटाको जन्मदिनको अवसरमा सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई सहयोग गरिएको छ ।

रेयानका बुबा योग्यराज सापकोटा र आमा अस्मिता सापकोटाले छोराको जन्मदिनको अवसर पारेर नगद ९ हजार रुपैयाँसहित चिउरा ११ केजी, दाल १० केजी, दालमोठ १० पाकेट, तेल १ कार्टुन, काउली ७ केजी, बन्दा ६ केजी, जाम ६ वटा, साग ३ मुठा, सिमि ३ केजि सहयोग स्वरुप उपलब्ध गराएको मामाघर नेपाल मकवानपुरले जनाएको छ । मामाघर नेपाललाई हरेक दिन सहयोग प्राप्त हुने गरेको छ ।

Exit mobile version