Home मुख्य समाचार यातायात व्यवस्था कार्यालय हेटौंडामा डाक्टरको जाँच बिनै निरोगिताको प्रमाण पत्र

यातायात व्यवस्था कार्यालय हेटौंडामा डाक्टरको जाँच बिनै निरोगिताको प्रमाण पत्र

हेटौंडाः बागमती प्रदेशको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा डाक्टरको जाँच बिनै निरोगिताको प्रमाण पत्र दिने गरेको पाइएको छ । मंगलबार मोटरसाइकलको नयाँ लाइसेन्सको लागि बायोमेट्रिक गर्न पुगेकाहरुले चिकित्सको उपस्थिति बिनै निरोगिताको प्रमाण पत्र प्राप्त गरेका छन् ।

डा तनिशा को नाममा अनलाइनबाटै निरोगिताको प्रमाणपत्र सिफारिस हुने गरेको पाइएको हो । मंगलबार निरोगिताको प्रमाणपत्रको लागि २ सयको रसिद काटेर तुरुन्तै सिफारिस गरिएपनि निरोगिताको प्रमाणपत्र पत्र नदिएको तथा डाक्टर बिनै प्रमाणपत्रको सिफारिस अनलाइनमा भएको भन्दै पत्रकार सुसन लामिछानेले विद्या पोलिक्लिकको ध्यानाकर्षण गराएका छन् ।

चिकित्सकको अनुपस्थितिमा कार्यरत कर्मचारीले नै निरोगिताको प्रमाणपत्र अनलाइनबाटै सिफारिश गर्दै आएको कर्मचारी महन्ता भण्डारीले जानकारी दिनुभयो । यसबारे संचालकको ध्यानकर्षण गराइएको छ । निरोगिताको प्रमाणपत्र दिन डाक्टरले स्वयं सामान्य जाँच गर्नुपर्ने अवस्थामा डाक्टरको उपस्थिति बिनै प्रमाणपत्र सिफारिस भएको पाइएको हो ।

Exit mobile version