दुर्घटनाग्रस्त मोटरसाइकल र नजिकै मृतकको शव ।

हेटौंडाः कान्तिराजपथको हेटौंडा–चौघडा सडकखण्डअन्तर्गत हेटौंडा–५, क्याम्पाडाँडामा सोमबार साँझ ट्रिपरको ठक्करबाट एकजनाको ज्यान गएको छ । सोमबार साँझ ५ बजेको समयमा हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना १ क ८३३३ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

आक्रोशित स्थानीयले ट्रिपरमा गरेको आजगनी ।

ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार हेटौंडा–६, चौघडाका १८ वर्षीय आशिष शिवभक्तीको घटनास्थलमै ज्यान गएको छ भने मोटरसाइकलमा सवार हेटौंडा–६, चौघडाका १८ वर्षीय निरज राई घाइते भएका छन् । घाइते राईको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रिपरमा आक्रोशित स्थानीयले आगजनी गरेका छन् । प्रहरीले ट्रिपरका चालक हेटौंडा–१४, मयुरधापका सुवास थपलियालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मृतकको शव उठाउन सकेको छैन ।